Slide Image

Slide Image
News Media Webside.

Friday, June 30, 2017

‘जुम्ल्याहा छोरा भेट्न जाँदै रोनाल्डो


 काठमाडौं १६ असार । पोर्चुगाली सुपरस्टार कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तरमहादेशीय कपमा तेस्रो स्थानलाई हुने खेल नखेल्ने बताएका छन् । कारण हो, रोनाल्डोको भर्खरै जन्मेका जुम्ल्याहा छोरा ।
कजानमा चिलीसँग हारेको केही घण्टापछि रोनाल्डोले नवजात छोराहरू भेट्नका लागि मस्कोमा हुने प्लेअफ नखेल्ने छुट मिलेको बताएका हुन् । ३२ वर्षीय रोनाल्डोले अमेरिकामा एक सरोगेट आमाबाट दुई बच्चा जन्माएका हुन् । उनको यसअघिको सम्बन्धबाट पहिल्यै ७ वर्षीय एक छोरा छन् ।
रियल म्याड्रिडका फरवार्डले दुई छोरा भर्खर जन्मेको अवस्थामा पनि सेमिफाइनलमा पोर्चुगलका लागि तनमनले खेलेको बताए । ‘पोर्चुगाली फुटबल संघ र राष्ट्रिय प्रशिक्षकले मेरो कुरा बुझे । यो म कहिल्यै भुल्न सक्दिनँ,’ चारपल्टका विश्व वर्ष खेलाडीले आफ्नो आधिकारिक फेसबुक पेजमा उल्लेख गरेका छन् ।
‘अन्तत म आफ्ना बच्चाहरूलाई भेट्न जाँदै छु, खुसी छु,’ उनले भनेका छन् । रोनाल्डोले समूह चरणमा प्रभाव जमाए पनि चिलीसँग त्यो जादू देखाउन सकेनन् ।
 श्रोत खबरडबली

No comments:

Post a Comment