असोज २०, गलकोट ।
हिमालयन म्युजिक ईन्भेन्ट म्यानेजमेन्ट प्रालि पोखराले गलकोटमा असोज १७ गते देखी सुरु गरेको प्रथम गलकोट सास्कृतिक महोत्सव २०७४ मा आज तेस्रो दिन दर्शकहरुको उल्लेख्य सहभागीता रहेको छ ।
“समग्र बिकासका लागी नयाँ कल्पना” भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा आज विविध सांस्कृतिक कार्यक्रमको साथमा गलकोट डान्स च्यायम्पीयनको अडिसन राउण्ड सञ्चालन गरिएको थियो । अडिसन राउण्डमा २० भन्दा बढि कलाकारले आजै प्रस्तुति प्रस्तुत गरेको आयोजकले जनाएको छ ।
आजै राष्ट्रिय तथा लोक तथा दोहोरी गित प्रतिष्ठान धौलागीरीका अध्यक्ष राजेन्द्र सापकोटाले धमाकेदार प्रस्तुती दिनुभएको छ । उहाँको प्रस्तुतिमा गलकोटका दर्शक निकै उत्साहका साथ नृत्य गरेका थिए । महोत्सबमा बिशेष गरी जबानीमा धक्का, मुग्लीनमा भात खादा, डाँडै भयो अल्को तथा बागलुङमा कालीका लगाएतका गीत प्रस्तुत गर्नुभएको थियो ।
गलकोट नगरपालिका वडा नम्बर ६ हरिचौर मजुवाफाँटमा आयोजना गरिएको महोत्सवमा आज राष्टिय कलाकारहरु राजु गुरुङ श्रीकृषण बम मल्ल, तुलसा जिसि, अमर धिताल माया गुरुङ, लक्ष्मी मल्ल, पुर्ण परियार,लगाएतका कलाकारको साँगितिक प्रस्तुति रहेको थियो । आज अमर धिताल र माया गुरुङको दोहोरी गीत प्रस्तुतीले दर्शकलाई अझै आर्कशित गरेको थियो । आज दर्शकहरुले मनोरञ्जनात्मक कार्यक्रमहरुमा बिशेष चासो दिएका बताइएको छ ।