Slide Image

Slide Image
News Media Webside.

Monday, July 10, 2017

नेपाली जन–सम्पर्क समिति पोर्चुगलको सभापतिमा गैरेको उमेद्वारी

घनश्याम गौतम, असार २७, गलकोट ।
नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जन सम्पर्क समिति पोर्चुगलको आगामि कार्यकालको नेतृत्वका लागी तिलक प्रसाद गैरेले आफ्नो उमेदवारी घोषणा गरेका छन् ।  गैरेले अधिवेशनको तयारी सँगै आगामि कार्यकालमा  सभापतिको लागी आफुलाइ प्रत्यासीका रुपमा अगाडि बढाएका छन् ।

नेपाली जन सम्पर्क समिति पोर्चुगलका  विभिन्न गतिविधिमा संलग्न भई सामाजिक क्रियाकलापमा समेत सक्रिय रहेको गैरेले आफु सभापतिको उम्मेदबार भएको घोषणा गरेका छन् । गैरे पुर्ब वागलुङका तथा हाल चितबनमा बस्दै आएका छन् । बिशेष गरि हरेक नपालीको समस्यालाई आफ्नै समस्याको रुपमा लिने गरेको गैरेले लामो समयदेखी जन्मभुमिदेखी टाढा पोर्चुगलमा बसेर समाज सेबामा सक्रिय छन् ।

समितिको गत २२ जुनमा बसेको बैठकले यही जुलाई २३ तारिखका दिन पाँचौ अधिबेशन गर्ने निर्णय गरेको थियो । पोर्चुगलमा २००६ मा स्थापना भएको समितिमा चार कार्यकालमा पुर्ण हमालको नेतृबमा २ कार्यकाल र  पछिल्लो दुइ कार्यकाल लक्ष्मीप्रसाद सापकोटाले सम्हालेका थिए ।

लामो समय देखि पोर्चुगलका विभिन्न सामाजिक र सेवा मुलकमा क्रियाकलापमा सक्रिय रहदै आएका गैरेको नाम जनसर्म्पर्क समितिमा आवद्ध नेपालीहरुमाझ पछिल्लो समयमा निकै चर्चामा रहेको छ ।
समितिको वर्तमान कार्यसमितिमा समेत उपाध्यक्षको सफल जिम्मेवारी निर्वाह गरिसकेका गैरे पोर्चुगलमा बसोबास गर्ने नेपालीहरु माझ लाकप्रिय प्रतिनिधी बनेका छन् ।

प्रशासनिक अप्ठ्याराहरुमा परेका साधारण स्तरका देखि लिएर भाषागत कठिनाइमा परेका नेपालीहरुलाइ साथ दिँदै आएका गैरेलाइ अग्रज देखि नयाँ सदस्यहरुले समेत खुलेआम  ब्यापक समर्थन रहेका कारण पनि  समितिको अध्यक्षमा आफु दावेदार भएको गैरेले बताएका छन् ।

पोर्चुगलमा पछिल्लो समय नेपालीहरुको बढ्दो जनसंख्यासँगै लिस्वोन वाहिर रहेका नेपालीहरुमा  समेत गैरैले नेपालीहरुका समस्या समाधानलाइ सहजिकरण गर्दै आइरहेका छन् । साथै गैरेले पोर्चुगलको जन सम्पर्क समितिलाइ केन्द्र देखि तल्लो निकाय सम्म आपसि समन्वयको लागी र संगठनलाइ बलियो साथै विश्वमै नमुना संगठन बनाउनको लागी पनि आफुले नेतृत्व गर्न चाहेको बताएका छन

तिलक गैरेको घोषणा पत्रको पुर्ण पाठ 

नेपाली नेपाली विचमा बढेको दुरी घटाएर आपसि प्रगाढ सम्वन्ध सँगै, सहयोग आदान प्रदानका लागी, नेपालीहरुले भोग्दै आइरहेका हर तरहका समस्याहरुलाइ उपयुक्त विकल्पको खोजी गर्नका लागी, जानकारी नभएर वा गलत जानकारी या सूचनाका कारणले सिर्जित हुँदै आएका समस्याहरु उपर सही सूचना र जानकारीहरुको खोजि गरी भोलिको नेपालीजनको यात्रा सहज बनाउनका लागी,नेपाली बाल बालिकाहरुलाइ आफ्नो सस्कृति र नेपाल प्रतिको माया र मोह जगाउने उत्साह वर्द्धक कार्यक्रम आयोजनाका लागी, विभिन्न दुर्ब्यसनि फसेका नेपालीहरुलाइ सचेतना मुलक कार्यक्रमहरु आयोजना गर्नका लागी, पोर्चुगलमा आएर नैराश्य जिवन विताइरहेका नेपालीहरु माझ जनचेतना र संर्घषशिल र रोजगार मुलक कार्यक्रम निर्माणका लागी पोर्चुगलमा भएका नेपालीहरु मध्ये आधा भन्दा बढि जन संख्या लिस्वोन भन्दा बाहिर रहेको छ । उनिहरु माझ पनि संगठनको आवश्यकताको महसुस  गराइ जन सर्म्पर्क समितिका क्षेत्रिय समितिहरु विस्तार गर्नका लागी एनआरएनसँग समन्वय गरि विशेष प्रभावकारी कार्यक्रमहरू गर्नका लागी आफ्नो उमेद्वारी रहेको घोषण गरेको बताइएको छ ।

No comments:

Post a Comment