Slide Image

Slide Image
News Media Webside.

Friday, June 30, 2017

एमालेको गढमा माओवादीको बाजी

१७ असार, ओखलढुंगा । जिल्लाको चिसंखुगढी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका निशान्त शर्मा विजयी भएका छन् । नेकपा एमालेको गढका रुपमा परिचित यो गाउँपालिकामा शर्माले तीन मतले एमालेका उम्मेदवारलाई पछि पारेका हुन् ।
शर्माले १९०६ मत ल्याएका थिए भने उनका निकटम् प्रतिद्वन्द्वी नेकपा एमालेका भीमबहादुर थापाले १९०३ मत ल्याएका छन् ।
उपप्रमुखमा भने एमालेकी सुष्मा राई विजयी भएकी छन् । राईले २०७३ मत ल्याएकी छन् । कांग्रेसकी खिला आलेले १९७९ मत ल्याइन् ।
गाउँपालिकाका वडा नं। १, २, र ५ मा माओवादी केन्द्रले जित हात पारेको छ भने वडा नं। ३ र ४ मा नेपाली कांग्रेस तथा ६, ७ र ८ मा एमालेले जित हात पारेको छ ।
यो गाउँपालिका नेकपा एमालेका सांसद हर्कबोल राई र सकुन्तला राजभण्डारीको क्षेत्र हो ।
ओखलढुंगाका आठ स्थानीय तहमध्ये चिसंखुगढी गाउँपालिकाको मात्र मत परिणाम सार्वजनिक भएको छ । अन्य तहको मतगणना धमाधम भइरहेको छ ।

No comments:

Post a Comment