Slide Image

Slide Image
News Media Webside.

Friday, June 30, 2017

आइएसले स्वर्ग जाने पासपोर्ट बनायो


असार १७ । इस्लामिक आतंकवादी संगठन आइएसआइएस कति कुख्यात तथा खतरनाक छ यो सबैलाई थाहा भएकै कुरा हो । सिरिया तथा इराकमा यस आतंकवादी संगठनले ठूलो ध्वंस मच्चाइरहेको छ ।

सिरिया सहित अन्य देशका सेनाहरु यो संगठनको सफायामा लागिरहेका छन् । केही समयअगाडि सिरियन डिफेन्स फोर्सले त्यहाँको रक्का भन्ने ठाउँमा आइएसका विभिन्न ठेगानाहरुमा छापा मारेको थियो । त्यसक्रममा सेनाले यस्तो चिजहरु फेला पार्यो जुन देख्दा सबै अचम्ममा परे ।
वास्तवमा आइएसले आफ्ना लडाकुहरुका लागि स्वर्ग जाने पासपोर्ट बनाउने गरेको खुलेको छ । युद्धका क्रममा मृत्यु हुने लडाकुहरुका लागि स्वर्गको पासपोर्ट बनाइन्छ । गहिरो हरियो रंगको उक्त पासपोर्ट अरबी र अंग्रेजी भाषामा लेखिएको छ । सबै लडाकुहरुलाई उक्त पासपोर्ट बाड्ने गरिएको छ । उक्त राहदानीमा पासपोर्ट टू प्याराडाइज लेखिएको छ । यो पासपोर्ट बोकेर युद्ध गर्ने लडाकुहरु मारिएमा सोही पासपोर्ट सहित स्वर्ग पुग्दछन् भन्ने मान्यता आतंककारी संगठनका सदस्यहरुको छ ।

आइएसले नवयुवकहरुको ब्रेनवास गरेर उनीहरुलाई आतंकवादी संसारमा सामेल गर्दै आएको छ । युवाहरुलाई जिहानी बन्ने तालीम दिने र मारिएमा स्वर्ग पुगिने भन्दै युवाहरुलाई लोभ देखाउने गरेको छ । जसका कारण युवाहरु मर्ने मार्ने काममा उत्रिने गरेका छन् । एजेन्सी

No comments:

Post a Comment