Slide Image

Slide Image
News Media Webside.

Friday, June 30, 2017

चाणक्यका यी कालजयी शिक्षा, जसले फेर्न सक्छ तपाईको जीवनदृष्टि

चाणक्यले बोलेका कयौं कुराहरु अमूल्य छन् । यसका सर्वकालीक महत्व देखिन्छ । यदि उनले भनेका यी भनाईहरुलाई गहिरिएर सोच्न सकियो भने हामीले धेरै समस्या समाधान गर्न सक्छौं । यहाँ चाणक्यले भनेका केही महत्वपूर्ण वाणीहरु उल्लेख गरिएको छ ।

पुरुषको विवेक र महिलाको सुन्दरता संसारमै सबैभन्दा शक्तिशाली हुन्छ ।

हरेक मित्रताको पछाडि जरुर केही स्वार्थ हुन्छ, यो तीतो सत्य हो ।

आफ्नो बच्चालाई पहिलो पाँच वर्ष खुब माया गर्नुहोस् । ६ वर्षदेखि १५ वर्षसम्म कठोर अनुशासनमा राखेर संस्कार  दिनुहोस् र १६ वर्षपछि मित्रवत व्यवहार सुरु गर्नुहोस् ।

अरुको गल्तीबाट सिक्नुहोस् ।

आफैं गरेर सिक्ने वा आफ्नै प्रयोगबाट मात्र सिक्ने हो भने तपाईको आयू एकदम कम सावित हुनेछ
कुनै पनि व्यक्ति चाहिने भन्दा बढी इमान्दार हुनु आवश्यक छैन ।

सिधा रुख पहिला काटिन्छ र सिधा व्यक्ति पहिलो आक्रमणको शिकार हुन्छ ।

कुनै सर्प विषालु छैन भने पनि उसलाई विषालु देख्नुपर्छ । जस्तो कि नटोकिहाले पनि जुनसुकै बेला टोक्न सक्छ भनेर अरुलाई महसुस गराउन सक्नुपर्छ ।

कुनै पनि काम सुरु गर्नुभन्दा अगाडि आफूलाई तीन प्रश्न गर्नुहोस्( म यस्तो किन गर्न गइरहेको छु ? यसको परिणाम के होला ? के म सफल हुन्छु त ?

डरलाई नजिक आउनै नदिनुहोस्, यदि यो नजिक आयो भने यसमाथि हमला गर्नुहोस् । अथवा डरसँग भाग्ने होइन सामना गर्नुहोस् ।

सुरु गरेको काम सम्पन्न गर्नुहोस्, परिणामसँग नडराउनुहोस् ।

सुगन्धको प्रसार हावाजस्तै कमजोर हुन्छ, तर राम्रो कुरा सबै दिशामा फैलन्छ ।

ईश्वर चित्रमा होइन, चरित्रमा बस्दछन् । आफ्नो आत्मालाई मन्दिर बनाउनुहोस् ।

व्यक्ति आफ्नो आचरणले महान हुन्छ, जन्मले होइन ।

यस्तो व्यक्ति जो आफ्नो स्तरभन्दा तल वा माथि देखिन्छ, उसलाई साथी नबनाउनुहोस् । बनाउनुभयो भने ऊ तपाईको कष्टको कारण हुनेछ । समान स्तरका मित्रता सुखदायक हुन्छ ।

शिक्षा सबैभन्दा असल मित्र हो । शिक्षित व्यक्तिले सदैव सम्मान पाउँछन् । शिक्षा शक्तिका अगाडि युवा शक्ति र सौन्दर्य शक्त सबै कमजोर हुन्छन् ।

No comments:

Post a Comment