Slide Image

Slide Image
News Media Webside.

Friday, June 30, 2017

विश्वकै धनी धनी विल गेट्सका सफलताका दश सुत्र ,जसले तपाईको जीवन बदल्न मद्धत गर्नेछ


  गेट्स विश्वकै धनी व्यक्ति मध्ये एक हुन । उनी धन र मन दुवैका धनी मानिन्छन् । जसका विश्वप्रसिद्ध १० भनाईहरुल तपाईको जीवनमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्छन् ।

१. गरिब जन्मिनु तपाईंको कुनै गल्ती होइन तर, यदि तपाईं गरिब नै मर्नुभयो भनेचाहिँ त्यो तपाईंकै गल्ती हो ।

२. सफल नेतृत्व त्यसलाई मात्र मानिन्छ, जसले आवश्यक परेकालाई सहयोग गर्न कुनै अप्ठ्यारो मान्दैन ।

३. आफूलाई अरु कोहीसँग पनि तुलाना नगर्नुहोस् । यसो गर्दा तपाईंको आत्मविश्वास कमजोर हुन्छ ।

४. यदि तपाईंसँग पैसा छ भने तपाईं विश्वको कुनै पर्वाह गर्नुुहुन्न । तर, तपाईंसँग पैसा छैन भने याद गर्नुहोस, विश्वले तपाईंको पर्वाह गर्ने छैन ।

५. सफलताको खुसी मनाउनुहोस, तर तपाईंले आफ्नो असफलताबाट पनि सिक्न नछोड्नुहोस् ।

६. नयाँ विषय तथा वस्तुसँग मानिसहरू डराउँछन् र कालान्तरमा त्यसलाई स्वीकार पनि गर्छन् । विद्युत् नै पनि यसको उदाहरण हो।

७. यदि तपाईंले केही बढी गर्नुपर्ने छ भने याद गर्नुहोस्, तपाईंले रिस्क पनि लिनुपर्छ ।

८. कुनै पनि अप्ठ्यारो काम गर्नुपर्नेछ भने अल्छीहरूलाई छान्नुहोस्, उनीहरू काम गर्नका लागि अत्यन्त सहज तरिका छान्छन् ।

९. यदि तपाईंलाई तपाईंको शिक्षक ठीक छैन भन्ने लागिरहेको छ भने केही समय पर्खनुहोस, मालिकलाई भेटेपछि शिक्षकबारे धारणा बनाउनुहोस् ।

१०. कुनै पनि कुरा अत्यन्त राम्रोसँग गर्न सक्ने तपाईको क्षमता छैन भने त्यसलाई राम्रो देखाउने प्रयासचाहिँ गर्नुहोस् । एजेन्सी

No comments:

Post a Comment