Slide Image

Slide Image
News Media Webside.

Saturday, July 1, 2017

माध्यम नपाउदा प्राकृतिक सम्पदा कालिलेक ओझेलमा


घनश्याम गौतम, असार १७ ।–
गलकोट नगरपालिका वार्ड नम्बर ६, वाड नं २ र ताराखोला गाउपालिकाको वार्ड नम्बर १ अम्मरभुमिको माझमा पर्ने पर्यटकिय सम्भावना बोकेको कालिलेक प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।
गलकोटमा सम्भावना बोकेका पर्यकिय स्थलहरु घुम्टे, गाजाको धुरी, निलुवा, एैतिहासीक राजाको दरबार, कोट मैदान, लगायतका धेरै ठाउहरु जस्तै कालिलेक पनि एक प्राकृतिक सम्पदा हो । प्रयटकीय गन्तब्य कालीलेक प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानिय चन्द्र बहादुर बुढाथोकीले बताउनुभयो । उहाँले बर्षमा केही बिद्यालयले बिधार्थीलाई लघु भ्रमणको लागी लैजाने गरेको भएपनि अन्य प्रर्यटकलाई कालिलेकको बारेमा जानकारि नै नभएको बताउनुभयो ।
कालिलेकमा स्थानिय दर्जनौं प्रजातिका जटिवुटि डाँफे मुनाल, मयुर, खरायो, भ्याकुर, कालिज, मृग, घोरल, बाघ, भालु लगायतका विभिन्न जनावर पाईन्छन् । कालिलेकमा स्थानिय गलकोट नगरपालिका वार्ड नम्बर ६,२ र तारखोला गाउपालिकाको वार्ड नम्बर १ अम्मरभुमिका स्थानियले एक दशक अगाडि कृषि गर्ने र लेकमा जाने गरेपनि अहिले भने छोडेको स्थानिय हिरा बहादुर बस्नेतले बताउनुभयो ।
गलकोटको पर्यटन पर्वद्धनमा पछिल्लो समय गलकोटका बिभिन्न सम्पदाको चर्चा संगै ब्यबस्थीत बनाउने काम भएको भएपनि यो लेकको बारेमा कसैको ध्यान पुग्न नसकेको स्थानिय क्षेत्र बहादुर बुढाथोकीले बताउनुभयो । विशेष गरि कालिलेकमा जेठ असार महिनामा निउरो गुहेली र नेपालि प्रसिद्ध खाना गुन्दुक बनाउनको लागि प्रयोग गरिने बाको टिप्न जाने गरिन्छ । गुन्द्रुक ढकाँ लगायत अन्य साग संगै बाकोको गून्दूक को स्वाद छुटै हुने र यसको अचार तथा तरकारिको रस बनाएर खाना गरिन्छ । बाकोको गुन्दु्रक देश तथा बिदेशमा समेत प्रसिद्ध रहेको छ ।
कालिलेकबाट गलकोट क्षेत्रको सम्पुर्ण दृश्याअवलोकन साथै विभिन्न हिमश्रृङखलाहरुको अवलोकन गर्न सकिन्छ । यो लेकमा पुगिसकेपछि त्यहाँबाट देखिने विभिन्न हिमश्रृङखला र गलकोटको मजुबा कोटमैदान घुम्टे लेक,गाजाको दह ,लगाएत का दृष्यले मनै लोभ्याउने गर्दछ । कालीलेक गलकोटको घुम्टेपछिको दोश्रो अग्लो पहाड हो । आज भन्दा करिब १५ बर्ष पहिले २० देखि २५ ओटा गोठ रहेको र बर्खा लागे सँगै गार्ई बस्तु र खर्च पर्च बोकेर लेखमा गएर कृर्षि गर्र्ने गरेको स्मरण गर्दै स्थानिय प्रेम प्रसाद पाण्डेले भन्नुभयो ः हाम्रो पालामा कालिलेकमा दर्जनौ गाई बस्तु पलिन्थयो के गर्ने अहिले सबै बिदेश गए हामि पनि मजुबा तिर झरियो ।
 कालिलेखमा काली पोखरी र सेति पोखरी गरि दुई ओटा पोखरि रहेका छन । बारैमास पानी भरिई रहने कालिपोखरीको पानी प्रयटकिय गन्तब्य गाईघाटको झरनाबाट झर्ने गरेको स्थानियको भनाई रहेको छ ।
 मजुबा फाँटबाट करिब ३ घण्टाको पैदल यात्रा पछि पुगिने कलिलेखमा हाल केहि गोठका भगनावशेष मात्र बाँकि रहेका छन् । गलकोट र तारखोलाबाट पहिले स्थानिय यात्रुहरु पैदल यात्रा गरेर कलिलेख हुदै रिजलचोक ,बाग्लुङ सम्म पुग्ने गरेकोे स्थानिय बल बहादुर बस्नेतले बताउनु भयो । उहाँले कालिलेखमा पाईने सतुवा कालोकाफल ,पखन्बेद ,अजुरो तेजपत्ता जस्ता बहुमुल्य जटिबुटि पाईने बताउदै सो जडिबुटिको  बदेशमा समेत माग हुदै आएको जनाकारि दिन्ुभयो ।
प्राकृतिक सम्पदाको धरोहर कालीलेकलाई प्रयटकिय गन्तब्य बनाउन सम्बन्धीत निकायले समयमै ध्यान दिनु जरुरि छ ।

No comments:

Post a Comment