Slide Image

Slide Image
News Media Webside.

Sunday, July 2, 2017

गलकोट नगरपालिकाको बजेट तथा योजना तर्जुमा सम्बन्धि छलफल


घनश्याम गौतम असार १८ ।–
आर्थिक वर्ष २०७४ / ०७५ को लागि गलकोट नगरपालिकाको बजेट तथा योजना तर्जुमा सम्बन्धि सरोकारवालाहरु सँग परामर्श तथा छलफल कार्यक्रम आज हटियामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरुले नगरपालिकाले जनताले अनुभुति गर्ने गरि विकास निर्माण र सेवा सुविधा प्रदान गर्नु पर्ने बताएका छन ।
नगरको सम्वृद्विको निम्ति गुरु योजना निर्माण गरि विज्ञ सँगको छलफल मार्फत जनताका सुझावहरु सहि किसिमले ग्रहण गरि अगाडि बढनु पर्नेमा जोड दिएका छन । परामर्श तथा छलफल कार्यक्रममा गलकोट नगरपालीका भित्रको सडक, कृषि, शिक्षा, सञ्चार, स्वास्थ्य, पर्यटन, खानेपानी, विद्युत, युवा स्वरोजगार, महिला हिंसा न्यूनिकरण, सिचाँई, नगर भित्र फोहोर व्यवस्थापन, बसपार्क, नगरपालिको कार्यालय, हरेक बाडका कायालयको लागि जग्गा व्यवस्थापन, पारदर्शि आर्थिक गतिबिधी भ्रष्टाचार नियन्त्रण, मुल्य समायोजन, बृद्धाआश्रम, एफ.एम.स्टेशनको क्षमताबृद्धी, गलकोटमा पार्क निर्माण लगायतका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै गलकोट नगरपालीकाका नगर प्रमुख भरत शर्मा गैरेले परमर्श तथा छलफलबाट आएका सुझाबलाई मध्यनजर गदै आगामी दिनमा समृद्ध गलकोट निमार्णमा जुट्ने बताउनुभयो । शर्माले भन्नुभयो भ्रस्टाचार नियन्त्रण गदै आर्थिक पारदर्शिरुपमा काम गर्नु  आजको अबश्यकता हो यि मुल बिषयमा हामी पुर्ण प्रतिबद्ध भएर लाग्ने छौं । उहाले हरेक कार्य सञ्चालन अगाबै सरोकारबाला बिच छलफल गरेर प्राप्त हुने सुझाब अनुसार अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गनुभएको थियो ।
 कार्यक्रममा पूर्व सभाषद पूर्ण बहादुर राना, नेपाली काँग्रेस गलकोट नगर कमिटिका सभापति नारायण ध्वज मल्ल, नेकपा एमालेका जिल्ला सदस्य बुल बहादुर केसी, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य ज्ञामनाथ गैरे, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष बेदिलाल सापकोटा, गलकोट नगरपालिकामा मेयर पदका प्रत्यासी फमलाल निउरे, टंक बहादुर केसी, बम बहादुर गुरुङ र गलकोट बहुमुखि क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मकुन्द भण्डारीले मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा सरोकारवालाहरु बाट गलकोट नगरपालिकालाई कसरी सम्वृद्वि बनाउने भन्ने विषयमा सुझाव संकलन गरिएको थियो । छलफल तथा अन्तरक्रियामा गलकोट नगर भित्रका विजयी जनप्रतिनिधि, राजनैतिक दल, समाजसेवी, महिला , बुद्विजीवी, पत्रकार, सुरक्षाकर्मी लगायतको उपस्थिती रहेको थियो ।
गलकोट बहुमुखी क्याम्पस हटियाको स्मृति कक्षमा आयोजना गरिएको कार्यक्रम गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेको अध्यक्षता र कार्यकारी अधिकृत प्रदिप चन्द्र सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । सुझाब तथा सल्लाह असार २४ गते सम्म लिखीत रुपमा दिन सकिने गलकोट नगरपालीकाले जनाएको छ ।

No comments:

Post a Comment