Slide Image

Slide Image
News Media Webside.

Friday, October 6, 2017

गलकोट सास्कृतिक महोत्सबमा राजेन्द्रद्धारा धमाकेदार प्रस्तुती

असोज २०, गलकोट ।
हिमालयन म्युजिक ईन्भेन्ट म्यानेजमेन्ट प्रालि पोखराले गलकोटमा असोज १७ गते देखी सुरु गरेको प्रथम गलकोट सास्कृतिक महोत्सव २०७४ मा आज तेस्रो दिन दर्शकहरुको उल्लेख्य सहभागीता रहेको छ ।

“समग्र बिकासका लागी नयाँ कल्पना” भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा आज विविध सांस्कृतिक कार्यक्रमको साथमा गलकोट डान्स च्यायम्पीयनको अडिसन राउण्ड सञ्चालन गरिएको थियो । अडिसन राउण्डमा २० भन्दा बढि कलाकारले आजै प्रस्तुति प्रस्तुत गरेको आयोजकले जनाएको छ ।

आजै राष्ट्रिय तथा लोक तथा दोहोरी गित प्रतिष्ठान धौलागीरीका अध्यक्ष राजेन्द्र सापकोटाले धमाकेदार प्रस्तुती दिनुभएको छ । उहाँको प्रस्तुतिमा गलकोटका दर्शक निकै उत्साहका साथ नृत्य गरेका थिए । महोत्सबमा बिशेष गरी जबानीमा धक्का, मुग्लीनमा भात खादा, डाँडै भयो अल्को तथा बागलुङमा कालीका लगाएतका गीत प्रस्तुत गर्नुभएको थियो ।

गलकोट नगरपालिका वडा नम्बर ६ हरिचौर मजुवाफाँटमा आयोजना गरिएको महोत्सवमा आज राष्टिय कलाकारहरु राजु गुरुङ श्रीकृषण बम मल्ल, तुलसा जिसि, अमर धिताल माया गुरुङ, लक्ष्मी मल्ल, पुर्ण परियार,लगाएतका कलाकारको साँगितिक प्रस्तुति रहेको थियो । आज अमर धिताल र माया गुरुङको दोहोरी गीत प्रस्तुतीले दर्शकलाई अझै आर्कशित गरेको थियो । आज दर्शकहरुले मनोरञ्जनात्मक कार्यक्रमहरुमा बिशेष चासो दिएका बताइएको छ  । 

Monday, July 10, 2017

नेपाली जन–सम्पर्क समिति पोर्चुगलको सभापतिमा गैरेको उमेद्वारी

घनश्याम गौतम, असार २७, गलकोट ।
नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जन सम्पर्क समिति पोर्चुगलको आगामि कार्यकालको नेतृत्वका लागी तिलक प्रसाद गैरेले आफ्नो उमेदवारी घोषणा गरेका छन् ।  गैरेले अधिवेशनको तयारी सँगै आगामि कार्यकालमा  सभापतिको लागी आफुलाइ प्रत्यासीका रुपमा अगाडि बढाएका छन् ।

नेपाली जन सम्पर्क समिति पोर्चुगलका  विभिन्न गतिविधिमा संलग्न भई सामाजिक क्रियाकलापमा समेत सक्रिय रहेको गैरेले आफु सभापतिको उम्मेदबार भएको घोषणा गरेका छन् । गैरे पुर्ब वागलुङका तथा हाल चितबनमा बस्दै आएका छन् । बिशेष गरि हरेक नपालीको समस्यालाई आफ्नै समस्याको रुपमा लिने गरेको गैरेले लामो समयदेखी जन्मभुमिदेखी टाढा पोर्चुगलमा बसेर समाज सेबामा सक्रिय छन् ।

समितिको गत २२ जुनमा बसेको बैठकले यही जुलाई २३ तारिखका दिन पाँचौ अधिबेशन गर्ने निर्णय गरेको थियो । पोर्चुगलमा २००६ मा स्थापना भएको समितिमा चार कार्यकालमा पुर्ण हमालको नेतृबमा २ कार्यकाल र  पछिल्लो दुइ कार्यकाल लक्ष्मीप्रसाद सापकोटाले सम्हालेका थिए ।

लामो समय देखि पोर्चुगलका विभिन्न सामाजिक र सेवा मुलकमा क्रियाकलापमा सक्रिय रहदै आएका गैरेको नाम जनसर्म्पर्क समितिमा आवद्ध नेपालीहरुमाझ पछिल्लो समयमा निकै चर्चामा रहेको छ ।
समितिको वर्तमान कार्यसमितिमा समेत उपाध्यक्षको सफल जिम्मेवारी निर्वाह गरिसकेका गैरे पोर्चुगलमा बसोबास गर्ने नेपालीहरु माझ लाकप्रिय प्रतिनिधी बनेका छन् ।

प्रशासनिक अप्ठ्याराहरुमा परेका साधारण स्तरका देखि लिएर भाषागत कठिनाइमा परेका नेपालीहरुलाइ साथ दिँदै आएका गैरेलाइ अग्रज देखि नयाँ सदस्यहरुले समेत खुलेआम  ब्यापक समर्थन रहेका कारण पनि  समितिको अध्यक्षमा आफु दावेदार भएको गैरेले बताएका छन् ।

पोर्चुगलमा पछिल्लो समय नेपालीहरुको बढ्दो जनसंख्यासँगै लिस्वोन वाहिर रहेका नेपालीहरुमा  समेत गैरैले नेपालीहरुका समस्या समाधानलाइ सहजिकरण गर्दै आइरहेका छन् । साथै गैरेले पोर्चुगलको जन सम्पर्क समितिलाइ केन्द्र देखि तल्लो निकाय सम्म आपसि समन्वयको लागी र संगठनलाइ बलियो साथै विश्वमै नमुना संगठन बनाउनको लागी पनि आफुले नेतृत्व गर्न चाहेको बताएका छन

तिलक गैरेको घोषणा पत्रको पुर्ण पाठ 

Sunday, July 2, 2017

गलकोट नगरपालिकाको बजेट तथा योजना तर्जुमा सम्बन्धि छलफल


घनश्याम गौतम असार १८ ।–
आर्थिक वर्ष २०७४ / ०७५ को लागि गलकोट नगरपालिकाको बजेट तथा योजना तर्जुमा सम्बन्धि सरोकारवालाहरु सँग परामर्श तथा छलफल कार्यक्रम आज हटियामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरुले नगरपालिकाले जनताले अनुभुति गर्ने गरि विकास निर्माण र सेवा सुविधा प्रदान गर्नु पर्ने बताएका छन ।
नगरको सम्वृद्विको निम्ति गुरु योजना निर्माण गरि विज्ञ सँगको छलफल मार्फत जनताका सुझावहरु सहि किसिमले ग्रहण गरि अगाडि बढनु पर्नेमा जोड दिएका छन । परामर्श तथा छलफल कार्यक्रममा गलकोट नगरपालीका भित्रको सडक, कृषि, शिक्षा, सञ्चार, स्वास्थ्य, पर्यटन, खानेपानी, विद्युत, युवा स्वरोजगार, महिला हिंसा न्यूनिकरण, सिचाँई, नगर भित्र फोहोर व्यवस्थापन, बसपार्क, नगरपालिको कार्यालय, हरेक बाडका कायालयको लागि जग्गा व्यवस्थापन, पारदर्शि आर्थिक गतिबिधी भ्रष्टाचार नियन्त्रण, मुल्य समायोजन, बृद्धाआश्रम, एफ.एम.स्टेशनको क्षमताबृद्धी, गलकोटमा पार्क निर्माण लगायतका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै गलकोट नगरपालीकाका नगर प्रमुख भरत शर्मा गैरेले परमर्श तथा छलफलबाट आएका सुझाबलाई मध्यनजर गदै आगामी दिनमा समृद्ध गलकोट निमार्णमा जुट्ने बताउनुभयो । शर्माले भन्नुभयो भ्रस्टाचार नियन्त्रण गदै आर्थिक पारदर्शिरुपमा काम गर्नु  आजको अबश्यकता हो यि मुल बिषयमा हामी पुर्ण प्रतिबद्ध भएर लाग्ने छौं । उहाले हरेक कार्य सञ्चालन अगाबै सरोकारबाला बिच छलफल गरेर प्राप्त हुने सुझाब अनुसार अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गनुभएको थियो ।
 कार्यक्रममा पूर्व सभाषद पूर्ण बहादुर राना, नेपाली काँग्रेस गलकोट नगर कमिटिका सभापति नारायण ध्वज मल्ल, नेकपा एमालेका जिल्ला सदस्य बुल बहादुर केसी, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य ज्ञामनाथ गैरे, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष बेदिलाल सापकोटा, गलकोट नगरपालिकामा मेयर पदका प्रत्यासी फमलाल निउरे, टंक बहादुर केसी, बम बहादुर गुरुङ र गलकोट बहुमुखि क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मकुन्द भण्डारीले मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा सरोकारवालाहरु बाट गलकोट नगरपालिकालाई कसरी सम्वृद्वि बनाउने भन्ने विषयमा सुझाव संकलन गरिएको थियो । छलफल तथा अन्तरक्रियामा गलकोट नगर भित्रका विजयी जनप्रतिनिधि, राजनैतिक दल, समाजसेवी, महिला , बुद्विजीवी, पत्रकार, सुरक्षाकर्मी लगायतको उपस्थिती रहेको थियो ।
गलकोट बहुमुखी क्याम्पस हटियाको स्मृति कक्षमा आयोजना गरिएको कार्यक्रम गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेको अध्यक्षता र कार्यकारी अधिकृत प्रदिप चन्द्र सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । सुझाब तथा सल्लाह असार २४ गते सम्म लिखीत रुपमा दिन सकिने गलकोट नगरपालीकाले जनाएको छ ।

Saturday, July 1, 2017

माध्यम नपाउदा प्राकृतिक सम्पदा कालिलेक ओझेलमा


घनश्याम गौतम, असार १७ ।–
गलकोट नगरपालिका वार्ड नम्बर ६, वाड नं २ र ताराखोला गाउपालिकाको वार्ड नम्बर १ अम्मरभुमिको माझमा पर्ने पर्यटकिय सम्भावना बोकेको कालिलेक प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।
गलकोटमा सम्भावना बोकेका पर्यकिय स्थलहरु घुम्टे, गाजाको धुरी, निलुवा, एैतिहासीक राजाको दरबार, कोट मैदान, लगायतका धेरै ठाउहरु जस्तै कालिलेक पनि एक प्राकृतिक सम्पदा हो । प्रयटकीय गन्तब्य कालीलेक प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानिय चन्द्र बहादुर बुढाथोकीले बताउनुभयो । उहाँले बर्षमा केही बिद्यालयले बिधार्थीलाई लघु भ्रमणको लागी लैजाने गरेको भएपनि अन्य प्रर्यटकलाई कालिलेकको बारेमा जानकारि नै नभएको बताउनुभयो ।
कालिलेकमा स्थानिय दर्जनौं प्रजातिका जटिवुटि डाँफे मुनाल, मयुर, खरायो, भ्याकुर, कालिज, मृग, घोरल, बाघ, भालु लगायतका विभिन्न जनावर पाईन्छन् । कालिलेकमा स्थानिय गलकोट नगरपालिका वार्ड नम्बर ६,२ र तारखोला गाउपालिकाको वार्ड नम्बर १ अम्मरभुमिका स्थानियले एक दशक अगाडि कृषि गर्ने र लेकमा जाने गरेपनि अहिले भने छोडेको स्थानिय हिरा बहादुर बस्नेतले बताउनुभयो ।
गलकोटको पर्यटन पर्वद्धनमा पछिल्लो समय गलकोटका बिभिन्न सम्पदाको चर्चा संगै ब्यबस्थीत बनाउने काम भएको भएपनि यो लेकको बारेमा कसैको ध्यान पुग्न नसकेको स्थानिय क्षेत्र बहादुर बुढाथोकीले बताउनुभयो । विशेष गरि कालिलेकमा जेठ असार महिनामा निउरो गुहेली र नेपालि प्रसिद्ध खाना गुन्दुक बनाउनको लागि प्रयोग गरिने बाको टिप्न जाने गरिन्छ । गुन्द्रुक ढकाँ लगायत अन्य साग संगै बाकोको गून्दूक को स्वाद छुटै हुने र यसको अचार तथा तरकारिको रस बनाएर खाना गरिन्छ । बाकोको गुन्दु्रक देश तथा बिदेशमा समेत प्रसिद्ध रहेको छ ।
कालिलेकबाट गलकोट क्षेत्रको सम्पुर्ण दृश्याअवलोकन साथै विभिन्न हिमश्रृङखलाहरुको अवलोकन गर्न सकिन्छ । यो लेकमा पुगिसकेपछि त्यहाँबाट देखिने विभिन्न हिमश्रृङखला र गलकोटको मजुबा कोटमैदान घुम्टे लेक,गाजाको दह ,लगाएत का दृष्यले मनै लोभ्याउने गर्दछ । कालीलेक गलकोटको घुम्टेपछिको दोश्रो अग्लो पहाड हो । आज भन्दा करिब १५ बर्ष पहिले २० देखि २५ ओटा गोठ रहेको र बर्खा लागे सँगै गार्ई बस्तु र खर्च पर्च बोकेर लेखमा गएर कृर्षि गर्र्ने गरेको स्मरण गर्दै स्थानिय प्रेम प्रसाद पाण्डेले भन्नुभयो ः हाम्रो पालामा कालिलेकमा दर्जनौ गाई बस्तु पलिन्थयो के गर्ने अहिले सबै बिदेश गए हामि पनि मजुबा तिर झरियो ।
 कालिलेखमा काली पोखरी र सेति पोखरी गरि दुई ओटा पोखरि रहेका छन । बारैमास पानी भरिई रहने कालिपोखरीको पानी प्रयटकिय गन्तब्य गाईघाटको झरनाबाट झर्ने गरेको स्थानियको भनाई रहेको छ ।
 मजुबा फाँटबाट करिब ३ घण्टाको पैदल यात्रा पछि पुगिने कलिलेखमा हाल केहि गोठका भगनावशेष मात्र बाँकि रहेका छन् । गलकोट र तारखोलाबाट पहिले स्थानिय यात्रुहरु पैदल यात्रा गरेर कलिलेख हुदै रिजलचोक ,बाग्लुङ सम्म पुग्ने गरेकोे स्थानिय बल बहादुर बस्नेतले बताउनु भयो । उहाँले कालिलेखमा पाईने सतुवा कालोकाफल ,पखन्बेद ,अजुरो तेजपत्ता जस्ता बहुमुल्य जटिबुटि पाईने बताउदै सो जडिबुटिको  बदेशमा समेत माग हुदै आएको जनाकारि दिन्ुभयो ।
प्राकृतिक सम्पदाको धरोहर कालीलेकलाई प्रयटकिय गन्तब्य बनाउन सम्बन्धीत निकायले समयमै ध्यान दिनु जरुरि छ ।

विवाह गर्ने सोचमा हुनुहुन्छ, कस्तो छान्ने जिवनसाथी ?


असारकोे महिना छ । जताततै विवाहको दृष्य देखिन्छ । धेरै युवायुवतीहरु जोडी बन्न लागेका छन् । कतै प्रेम विवाह हुँदैछ, कतै मागी विवाह हुन लाग्दैछ ।
हिजोआज हामी फेसबुकको पुस्तामा छौ । फेसबुकमा हेरेको, भेटेको आधारमा पनि विवाह भैरहेको हुन्छ । फेसबुककै आधारमा एकले अर्कालाई मन पराइरहँदा उनीहरूका अभिभावक एवं अग्रजहरूको आशीर्वाद छ कि छैन त्यो बिर्सिरहेका हुन्छन् ।

श्रीमान –श्रीमती भनेका एक रथका दुई पांग्रा हुन भनिन्छ । हो, यो सम्बन्त्रभित्र धेरै अर्था छ । भगवानकै पालादेखिको गहिरो प्रेम पनि यही सम्बन्धभित्र छ भने कतैकतै विछोडको नमीठो पीडा पनि यही सम्बन्धभित्र छ। पवित्र प्रेम, विश्वास र एकता पनि छ भने कतै सम्झौतामा अडिएको छ यो सम्बन्ध ।
जीवनसाथीलाई अर्धा्िङ्गनी पनि भनिन्छ । वास्तवमै आफ्नो शरीरको आधा अङ्ग नै हो–जीवनसाथी । हरेक सुख–दुस्ख वा आासु–हाँसोमा सबैभन्दा पहिलो साथ जीवनसाथीको नै हुँदो रहेछ । अचम्मको नाता छ यो सम्बन्धभित्र । एउटा कुनै गाउँको कसको–कसको छोरा वा छोरीसँग वर्षौंसम्म सँगै जीवन बिताउन कतिपय सजिलो पनि छ यो सम्बन्धमा भने कतिपय अप्ठ्यारो पनि छ ।

हिजोआज त आफूले रोजेको जीवनसाथीसँग विवाह गर्ने चलन छ । हाम्रा बुवाआमाहरूको पालामा देख्दै नदेखेको, जान्दै नजानेको बुवाआमाले जोसाग भन्यो उसैसाग विवाह गर्नुपथ्र्यो। त्यतिबेला रूप र योग्यता केही पनि हेरिँदैनथ्यो। केटा पक्षको कति जग्गा छ, कति गाई गोठ छन्, हाम्री छोरी पाल्न सक्छ कि सक्दैन भन्ने हेरिन्थ्यो भने केटी पक्षतिर केटीले घर गरी खान सक्छे कि सक्दिन भन्ने मात्र हेरिन्थ्यो।


अहिले पनि विवाहको प्रसङ्गमा यदि मागी विवाह हो भने सबैभन्दा पहिले सुन्दरता, सर्टि्फिकेट एवं सम्पत्ति हेरिन्छ । तपाईंकी छोरी वा मेरी छोरीको विवाह गर्नुपर्दा एउटा हुलाकको जागिरे र भन्सारको जागिरेमा स्वाभाविक रूपले हामी भन्सारको जागिरेलाई चुन्छौ । हुलाकको जागिरे हुँदैमा अयोग्य र भन्सारको हुँदैमा केटा योग्य हुँदैन । उसभित्र कति संस्कार र स्वाभिमान छ त्यो हेर्न जरुरी छ ।


यी सबै कुरा सुरुमा आउनु त स्वाभाविकै हुन् तर प्रश्न उठ्छ कि केटी हेरिसकेपछि अलिकति मोटी भई, अलिकति काली भई, अलिक हाइट भएन जब यस्ता कुरा आउँछन्। यस्ता कुराले केटी पक्षलाई कति ठूलो चोट पुग्छ हामीले विचार गर्दैनौं। छोरी मान्छे पसलमा बेच्न राखिएको सामान हो र छानी–छानी किन्न ? सुन्दरता, सर्टि्िफकेट एवं सम्पत्तिसँग विवाह गर्ने कि मान्छेसँग ? जब सुन्दरता, सर्टि्िफकेट एवं सम्पत्ति हेरेर विवाह गरिन्छ तब सम्बन्धमा उतारचढाव आउनु स्वाभाविक हो।


विवाहको केही वर्षसम्म सम्बन्ध राम्रै होला जब छोराछोरी र अरू थप व्यवहार आइलाग्छन् तब सम्बन्धमा पनि खाटा बस्न थाल्छ। श्रीमानको कुरा श्रीमतीलाई मन नपर्न थाल्छ, श्रीमतीको कुरा श्रीमान्लाई मन नपर्न थाल्छ। स–साना कुरामा पनि झगडा हुन थाल्छ । हुँदाहुँदा कुरा सम्बन्धविच्छेदसम्म पुग्नसक्छ । उनीहरूबाट जन्मिएका बालबालिका न उताका न यताका हुन्छन्। सबै श्रीमान–श्रीमतीबीच यस्तो नहोला किनभने वर्षौंसम्म प्रेम, विश्वास र एकताका साथ एकै छानामुनि रमाएका पति–पत्नी पनि छन् हाम्रो समाजमा । ती पति–पत्नीबीच एउटाको स्वभाव अर्कोसँग संयोगवश मिलेको हुनसक्छ ।


जीवनसाथी सुन्दरता, सर्टि्िफकेट एवं सम्पत्तिलाई भन्दा पनि उसको स्वभाव र संस्कारलाई हेरेर बनाउने हो भने जीवन सधै सुन्दर हुन्छ । सुन्दरता, सर्टि्िफकेट र सम्पत्ति हेरेर विवाह गरिए पनि स्वभाव र संस्कार आफूसँग मिलेन भने सुन्दरता, सर्टि्िफकेट र सम्पत्ति सबै अर्थहीन हुन्छन ्। त्यसैले जीवनसाथी रोज्दा धेरै कुरा विचार गरौं । मुख्य कुरा आफूसँग स्वभाव एवं विचार मिल्छ कि मिल्दैन ध्यान र्पुयाऔं। ताकि आफूले रोजेको जीवन साथीसँग जीवनभर प्रेम एवं विश्वासका साथ एक रथका दुई पाङ्ग्रा भएर हिँड्न सकियोस्।

Friday, June 30, 2017

स्थानिय निकायको दोश्रो चरणमा कुन स्थानीय तहमा कसले जिते (सूचीसहित )


१७ असार,काठमाडौं । दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहको मतगणना जारी रहँदा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । कांग्रेसले एमालेलाई कडा टक्कर दिइरहेको छ भने माओवादीले पनि अपेक्षाकृत राम्रो नतिजा ल्याएर तेस्रो स्थान सुरक्षित गरेको छ ।

अहिलेसम्म संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाले एकरएक स्थानीय तह जितेका छन् । मतगणना भइरहेका ठाउँहरूमा एमालेले कांग्रेसलाई पछि पारिरहेको छ ।


यसपटक कतिपय पार्टीका गढ भत्किएका छन् । कांग्रेसका गढका रुपमा रहेका डडेलधुराको अमरगढी र गुल्मीको रेसुंगा नगरपालिकामा एमालेले जितेको छ भने एमालेको गढ मानिएको भोजपुर नगरपालिकामा कांग्रेसले जितेको छ ।

मतगणनामा ७ नम्बर प्रदेशका पहाडी जिल्ला सबैभन्दा अगाडि छन् । त्यस्तै प्रदेश नम्बर १ र ५ का पनि पहाडी जिल्लाकै धेरै नतिजा आइरहेका छन् ।

एमालेले जितेका स्थानीय तहः

१. मैवाखोला गाउँपालिका, ताप्लेजुङ
२. मिक्वाखोला गाउँपालिका, ताप्लेजुङ
३. हिलिहाङ गाउँपालिका, पाँचथर
४. सन्दकपुर गाउँपालिका, इलाम
५. मादी नगरपालिका, संखुवासभा
६. हतुवागढी गाउँपालिका, भोजपुर
७. पौवादुम्बा गाउँपालिका, भोजपुर
८. रामप्रसाद राई गाउँपालिका, भोजपुर
९. टेम्केमैयुम गाउँपालिका, भोजपुर
१०. लामीडाँडा गाउँपालिका, खोटाङ
११. जन्तेढुंगा गाउँपालिका, खोटाङ
१२. पाख्रिबास नगरपालिका, धनकुटा
१३. छिन्ताङ शहीदभूमि गाउँपालिका, धनकुटा
१४. छथर जोरपाटी गाउँपालिका, धनकुटा
१५. सोताङ गाउँपालिका, सोलुखुम्बु
१६. दूधकोशी गाउँपालिका, सोलुखुम्बु
१७. ताप्ली गाउँपालिका, उदयपुर
१८. मस्टा गाउँपालिका, बझाङ
१९. गौमुल गाउँपालिका, बाजुरा
२०. पाण्डवगुफा गाउँपालिका, बाजुरा
२१. स्वामीकार्तिक गाउँपालिका, बाजुरा
२२. पञ्चेश्वर गाउँपालिका, बैतडी
२३. अमरगढी नगरपालिका, डडेलधुरा
२४. नवदुर्गा गाउँपालिका, डडेलधुरा
२५. थलारा गाउँपालिका, बझाङ
२६. बित्थडचीर गाउँपालिका, बझाङ
२७. तेलकोट गाउँपालिका, बझाङ
२८. दुर्गाथली गाउँपालिका, बझाङ
२९. नौगाड गाउँपालिका, दार्चुला
३०. अपिहिमाल गाउँपालिका, दार्चुला
३१. लेकम गाउँपालिका, दार्चुला
३२. सुस्ता गाउँपालिका, नवलपरासी
३३. तिनाउ गाउँपालिका, पाल्पा
३४. निस्दी गाउँपालिका, पाल्पा
३५. मालिका गाउँपालिका, गुल्मी
३६. रेसुङ्गा नगरपालिका, गुल्मी
३७. रुरु गाउँपालिका, गुल्मी
३८. मेन्छेयाम गाउँपालिका, तेह्रथुम
३९. त्रिवेणी गाउँपालिका, रोल्पा

कांग्रेसले जितेका स्थानीय तह

१. मेरिङदेन गाउँपालिका, ताप्लेजुङ
२. तुम्वेवा गाउँपालिका, पाँचथर
३. चिचिला गाउँपालिका, संखुवासभा
४. भोटखोला गाउँपालिका, संखुवासभा
५. सिलिचुङ गाउँपालिका, संखुवासभा
६. दिप्रुङ गाउँपालिका, खोटाङ
७. ऐंसेलुखर्क गाउँपालिका, खोटाङ
८. भोजपुर नगरपालिका, भोजपुर
९. अरुण गाउँपालिका, भोजपुर
१०. गुल्मी दरवार गाउँपालिका, गुल्मी
११. चन्द्रकोट गाउँपालिका, गुल्मी
१२. प्रतापपुर गाउँपालिका, नवलपरासी
१३. राजपुर गाउँपालिका, दाङ
१४. शैल्यशिखर नगरपापिलका, दार्चुला
१५. महाकाली नगरपालिका, दार्चुला
१६. मालिकार्जुन गाउँपालिका, दार्चुला
१७. काँडा गाउँपालिका, बझाङ
१८. बुंगल नगरपालिका, बझाङ
१९. सुर्मा गाउँपालिका, बझाङ
२०. त्रिवेणी नगरपालिका, बाजुरा
२१. छेडेदह गाउँपालिका, बाजुरा
२२. बडिमालिका गाउँपालिका, बाजुरा
२३. हिमाली गाउँपालिका, बाजुरा
२४. आलिताल गाउँपालिका, डडेलधुरा
२५. गन्यापधुरा गाउँपालिका, डडेलधुरा
२६. भागेश्वर गाउँपालिका, डडेलधुरा
२७. केआर्इ्सिंह गाउँपालिका, डोटी
२८. बडिकेदार गाउँपालिका, डोटी
२९. दशरथ चन्द नगरपालिका, बैतडी
३०. सुर्नया गाउँपालिका, बैतडी
३१. कमलबजार नगरपालिका, अछाम

माओवादीले जितेका स्थानीय तह

१. लिखुपिके गाउँपालिका, सोलुखुम्बु
२. महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
३. चिसंखुगढी गाउँपालिका, ओखलढुंगा
४. साकेला गाउँपालिका, खोटाङ
५. आमचोक गाउँपालिका, भोजपुर
६. बंगलाचुली गाउँपालिका, दाङ
७. सिस्ने गाउँपालिका, रुकुम
८. पथा उत्तरगंगा गाउँपालिका, रुकुम
९. भूमे गाउँपालिका, रुकुम
१०. थवाङ गाउँपालिका, रोल्पा
११. सुनछहरी गाउँपालिका, रोल्पा
१२. लालझाडी गाउँपालिका, कञ्चनपुर
१३. अजयमेरु गाउँपालिका, डडेलधुरा
१४. बोगटान गाउँपालिका, डोटी
१५. मार्मा गाउँपालिका, दार्चुला

संघीय समाजवादी फोरमले जितेको स्थानीय तह

१. नैनापुर गाउँपालिका, बाँके

राष्ट्रिय जनमोर्चाले जितेको स्थानीय तह

१. मल्लरानी गाउँपालिका, प्यूठान
श्रोत अनलाईन खबर