Slide Image

Slide Image
News Media Webside.

Friday, June 30, 2017

अरुलाई दिएर अघाउँदैन थिए देवकोटा, पढ्नुहोस एक प्रेरक प्रसंग

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटा आफ्नो उत्कृष्ट कविता, निबन्ध, खण्डकाव्य,र महाकाव्यका लगिा जति चर्चित छन्, मानवसेवाको लागि पनि उत्तिकै परचित छन् ।
देवकोटा अत्यन्तै दयालू स्वभावका थिए । उनी अरुको दुः ख लाई आफ्नो भन्दा पनि बढी महत्व दिने स्वाभावले गर्दा देवकोटा मानवतावादी व्यक्तिका रुपमा समेत प्रतिष्ठित छन् ।
एकपटक महाकवि देवकोटा कार्यलयबाट घर फर्किदै थिए । सोही दिन उनले तलब पनि थापेका थिए । उनी मनमनै सो तलब कसरी खर्च गर्ने, केकस्ता अत्यन्त जरुरी काम सम्पन्न गर्ने , कस –कसको ऋण तिर्ने , कुन–कुन छोराछोरीको शल्क तिर्ने जस्तो योजना गम्दै हिँडिरहेका थिए । उनले बाटामा उनीतिरै हात पसारेर मागिरहेका एक भिखारी देखे । उनले उसको कोटको खल्तीमा हात घुसारे । त्यहाँबाट निकालेर केही रकम ती दीनहिन भिखारीको हातमा राखिदिए । भिखारीले उनलाई आर्शीवाद दियो । देवकोटा एउटा दुःखीलाई सहयोग गर्न पाएकोमा दंग पर्दै अघि बढे ।
अलि पर नपुग्दै उनले अर्को भिखारीलार्य त्यसैगरी हात थापिरहेको देखे । उनले ती भिखारीलार्य पनि निरास पारेनन् । केही रकम हातमा राखिदिए । यसैगरी जाँदाजाँदै घर नपुग्दै उनले थापेको तलब सबै सकियो । तैपनि बाटामा भिख माग्ने भेटिइरहेका थिए । आफूसित भएको रकम सकिएर तिनलाई सहयोग गर्न नपाएकोमा देवकोटा खिन्न हुँदै अघि बढ्दै गए । अचानक बाटामा जाडोले थुरथुर काम्दै गरेका एक भिखारीलाई उनले परैबाट देखे ।
तिनको शरीरमा लुगाको नाममा एउटा सामान्य धरो पनि थिएन । एउटा सानो लगौटीले उनी मुस्किलले आफ्नो लाज ढाक्ने प्रयत्न गरिहेका थिए । तिनको दुःख देख्दा देवकोटाका आँखा रसाए । उनले आफुले लगाइरहेको कस्मिराको कोटा फुकालेर कामिरहेका तिनै भिखारीलाई लगाइदिए र आफुचाहिँ मन्द मुस्कानसाथ काखीमुनी दुवै हात घुसारेर हिउँदे चिसोको अनुभव गर्दै घरतिर लागे ।

No comments:

Post a Comment